फिल्म चलाउन प्रेमको नाटक

प्रेम आज हुने, भोली छुट्ने कुरा होइन । प्रेम आज छ भोली छैन भन्ने कुरा पनि होइन । तर, सिनेमामा काम गर्ने कलाकार प्रेमलाई मजाक ठान्छन् । आफ्नो स्वार्थ अनुसार प्रयोग गर्छन् ।

हिरो सलोन बस्नेत र हिरोइन करिश्मा श्रेष्ठको प्रेम पनि स्वार्थ अनुसार परिभाषित हुने गरेको छ । बाबु कान्छा सिनेमा बन्ने बेलामा सलोन र करिश्माले प्रेम टुट्यो भनेर डंका पिटेका थिए । हामीविच कुरा मिलेन, हामी अलग भयौ, साथी मात्र हौ भनेर उनीहरुले जवाफ दिए ।  सलोन र करिश्माले प्रेम टुटेको बताएर सिनेमामा काम भने गरि नै रहेका थिए । तर, अहिले बाबु कान्छा सिनेमा चल्ने बेला आएको छ ।

अहिले सलोन र करिश्मा फेरि प्रेममा रहेको बताउन थालेका छन् । झगडा पर्दा ब्रेकअप, मिलेपछि लभ भन्ने कुरा उनीहरुमा लागू छ । सलोनका बाबु शोभित बस्नेतले सिनेमा चलाउनका लागि फेरि सलोन र करिश्माको प्रेमलाई स्विकार गरिदिएका छन् । उनीहरु प्रेममा थिए, झगडा गरे र अहिले फेरि मिलेका छन् भन्दै उनले प्रेममा रहेको बताएका छन् ।

सिनेमा चलाउनका लागि धेरै खालका हदकण्डा मच्चाउन सकिन्छ । तर, प्रेम जस्तो पवित्र चीजलाई पनि यसमा प्रयोग गरियो भने त्यो खल्लो हुन्छ । सलोन र करिश्माले सिनेमा चलेपछि ब्रेकअप भयो भनेमा त्यो चर्चा गर्ने बिषय अब नबन्न पनि सक्छ ।