‘वन्स अपन अ टाईम इन हलिउड’ फस्ट लुक

‘वन्स अपन अ टाईम इन हलिउड’ क्राइम थ्रिलर फिल्म लामो समय देखि चर्चाको विषय बन्दै आएको छ । फिल्ममा लियोनार्दो डिकाप्रियो र ब्रैड पिटको लीड रोल रहेको छ । फिल्ममा डिकाप्रियो र पिटसँगै ओस्कार विनर अल पचिनो पनि रहेका छन् । फिल्म १९ अगस्ट २०१९ मा रिलिज हुने भएको छ । हालैमात्र फिल्मको फस्ट लुक सार्वजनिक गरिएको छ ।
डिकाप्रियोले आफ्नो इंस्टाग्राम अकाउंट मार्फ एक फोटो शेयर गरेका छन् । उक्त फोटोमा डिकाप्रियो र ब्रैड पिट दुई जना पोज दिदै गरेको देख्न सकिन्छ । फिल्मको फस्ट लुकको खास कुरा के छ भने दुबै एक्टर्स ७० को दशक वाला लुक्समा देखिएका छन् । फिल्म वन्स अपन अ टाइम इन हलिउड १९६९ हलिउडमा भएको सबैभन्दा मिस्टेरियस मर्डर केसमा अधारित रहेको छ । १९६९मा चाल्स मेनसन नामक एक सीरियल किलरले हलिउडका जानी मानी हस्ती शेरान र उनका साथीको हत्या गरेका थिए । लियोनार्दोले फिल्ममा पूर्व टीभी एक्टर रिक डाल्टनको भुमिका निभाएका छन् । फिल्मको निर्देशन टेरन्टिनोले गरेका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया