हेमन्तलाई पातली कै माया लाउने !

गायक हेमन्त शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनकै शब्द संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्माको साथमा मोडल एलिसा राई रहेकी छिन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।

शर्मा आफैले निर्देशन गरेको ‘पातली कै मया लाउनी’ को भिडियोमा शिव बिकको कोरियोग्राफि रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।