नागिन नायिका मौनी रोय ‘मेड इन चाईना’ खेल्दै

टिभी सिरियल नागिनकी नायिका मौनी रोयले अभिनेता राजकुमार रावसँग जोडी बाध्ने भएकी छन् । भारतिय मिडीया अनुसार मौनीले ‘मेड इन चाईना’ नामक फिल्ममा अभिनय गर्ने भएकी छन् । फिल्ममा मौनी राजकुमार रावको श्रीमतीको भुमिकामा देखिने छिन् । मिखिल मुसले निर्देशन गर्ने उक्त फिल्ममा दिनेश विजानको लगानी रहने छ । फिल्म सेप्टेम्बरबाट फ्लरमा जाने भएको छ ।
फिल्मको छायांकन भारतको मुम्बईबाट सुरु गरिने छ भने गुजरात र चीनमा पनि छायांकन हुने निर्माण टिमले बताएको छ । अक्षय कुमार स्टारर फिल्म गोल्ड मार्फत बलिउडमा डेब्यू गरिकी मौनीले राम्रो प्रतिक्रिया जमाईरहेकी छन् । फिल्ममा अक्षय कुमारको हकी प्रशिक्षकको रुपमा तपन दास रहेका छन् । र मौनीले उनको पत्नीको भूमिका निभाएकी छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया