सगरमाथा म्युजिक अवार्ड आवेदन फारम खुल्ला

- मेराेफिल्म

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’को आवेदन फारम खुला गरिएको छ । फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने कार्यक्रमको अवार्ड आगामी असोजमा हुनेछ ।

अवार्ड  ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक,  पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

२०७५ साउन ३ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *