तीज म्यूजिक अवार्ड दर्ता खुल्ला

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको  छायाँछवि तीज म्यूजिक अवार्डको पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न आव्हान गरेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत सार्वजनिक हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरुलाई पुरस्कृत गर्दै सम्मान तथा प्रोत्साहन गर्नका लागी तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताईन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । अवार्ड कार्यक्रम आगामी भाद्र २५ गते काठमाडौंमा सम्पन्न हुनेछ ।