गोविन्द शाहीले माफी मागे

निर्माता तथा छायांकार रविन आचार्यमाथि दरबारमार्गको एक होटलमा आफूले हातपात गरेको स्वीकार्दै निर्माता तथा वितरक गोविन्द शाहीले आचार्यसँग माफी मागेका छन् । आचार्यले दरबारमार्गको प्रहरी बिटमा शाहीले आफूमाथि हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीको रोहबारमा दुवै पक्ष सहमतिमा आएका हुन् । शाहीले आफूबाट गल्ती भएको स्वीकारे पछि कुरालाई खास अगाडि बढाउन नचाहेको आचार्यले मेरो फिल्मलाई बताए ।
‘उहाँले सार्वजनिक रुपमा गल्ती स्वीकार्नु भयो । गल्ती भयो भनेपछि हामी सहमतिमा आयौं । आइन्दा यस्ता गतिविधीमा संलग्न नहुने वाचा गर्नु भएको छ,’ आचार्यले भने । मंगलबार शाहीले आचार्यमाथि आफूले वितरण गरेकोे फिल्मसँग फिल्म जुधाउन ल्याएको र लो बजेटका फिल्म बनाएर उद्योग बिगारेको भन्दै हातपात गरेका थिए । आचार्यले आफूमाथि शाहीले अनाहकमा हातपात गरेको भन्दै दरबारमार्गको प्रहरी वृत्त र टेकु अपराध अनुसन्धान शाखामा उजुरी दिएका थिए ।
सुरुमा आफूले केही नगरेको दाबी गरेका शाही प्रहरीले आचार्यमाथि हातपात गरेकोे सिसिटिभी फुटेज देखाएपछि हच्किएका थिए । शाहीले यसअघि पनि चलचित्र संघकै हातामा अर्का वितरक गोपाल कायस्थलाई हातपात गरेका थिए ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया