मौफसलका विभिन्न शहरमा फिल्म मेकिङ वर्कशप हुँदै
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
काठमाडौँभन्दा बाहिरका ठूला शहरहरुलाई फिल्मको राम्रो बजारको रुपमा लिइन्छ । प्रदेश सरकार बनेसँगै मौफसलका विभिन्न शहरमा ठूलाठूला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि बढेको छ । फिल्मसम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँभन्दा बाहिरका शहरहरु रोज्न थालेका छन् र अधिकांश फिल्महरुले छायाङ्कनको लागि पनि काठमाडौँभन्दा बाहिरका शहर नै जाने गरेका छन् ।
तर, आजसम्म फिल्मसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने फिल्म निर्माणसम्बन्धी शिक्षा दिने, फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदै हुने भएको छ ।
काठमाण्डौको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त फिल्म निर्माणसम्बन्धी वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुँदै छ ।
सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र फिल्म निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउने आशा वर्कशप आयोजकले गरेको छ ।
पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै कक्षा सञ्चालन गरिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिएका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया