म्युजकल्लीमा ट्रेन्डिङमा रहेकी रेश्मा अभिनित भिडियो सार्वजनिक

पछिल्लो समयामा म्युजकल्ली एप्पमा ट्रेन्डिङ अगाडि रहेकी रेश्मा घिमिरे अभिनित म्युजिक भिडियो ‘झिम झिम गर्ने परेली’ सार्वजनिक भएको छ ।

सागर राजको शब्द, स्वर, संगीत र निर्देशनमा बनेको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडियोमा रेश्मासँगै सागर राजको अभिनय रहेको छ । भिडियोमा अनिल के मानन्धरको छायाङ्कन र सिलन लम्सालको सम्पादन रहेको छ ।