आँचलको इशाराका चल्छन आकाश (भिडियो)

नायक आकाश श्रेष्ठ आफ्नो जीवन अब नायिका आँचल शर्माको इशारामा चल्ने कुरा गर्दै छन् । तर वास्तविक जीवनमा नभई फिल्म ‘ब्ल्याक’को भर्खरै सार्वजनीक नयाँ गीत ‘तिम्रो लागी’को भिडियोमा ।  भदौ १ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ब्ल्याक’को रोमान्टिक फ्लेभरको नयाँ गीत ‘तिम्रो लागी’ रिलिज भएको हो । गीतमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्मालाई फिचर गरिएको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । लभस्टोरी जनराको फिल्मको यसअघि ‘पल पल हरपल’ बोलको गीत रिलिज भइसकेको छ ।

प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल लगायतको समेत अभिनय रहेको छ । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ । ‘ब्ल्याक’लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।