नम्रतासँग टाढा, साम्राज्ञीसँग सेल्फी

अभिनेता आर्यन सिग्देलको जोडी कुनै हिरोइनसँग सुहाउँछ भने, ती नम्रता श्रेष्ठ हुन् । तर, नम्रता र आर्यनको सम्बन्ध अहिले राम्रो छैन । टकिला सनराइज फिल्म नबन्नुको कारण आर्यन र नम्रताको सम्बन्धलाई नै मानिएको छ । आर्यन र नम्रता कुनै बखत टपक्कै थिए । आर्यनविना नम्रता र नम्रताविना आर्यनको अर्थ नै देखिदैनथ्यो । तर, बिहेपछि आर्यन नम्रतासँग टाढिएका हुन् ।

अहिले उनी नम्रतासँगको सम्बन्धलाई फिल्मी मात्र भनिरहेका छन् । नम्रताको कारण आफ्नो क्रेज हराउँदै गएको वुझेर आर्यनले उनीसँग सिनेमा खेल्न नमानेको पनि चर्चा थियो । नम्रतासँग टाढा भएका आर्यन अहिले कायरा हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहसँग भने टपक्कै छन् । साम्राज्ञीको काम गराइको आर्यन प्रशंसा गरेर नै थाक्दैनन् । साम्राज्ञी र आर्यनको सेल्फी क्रेज पनि छ्याप्त छ्याप्ती देखिन्छ ।

आर्यनले साम्राज्ञीको बढ्दो क्रेजलाई देखेर नै १० लाख पारिश्रमिक दिएर उनलाई सिनेमा खेलाएको हल्ला चलेको थियो । नम्रतासँग कुनै समय आर्यन यस्तै थिए । अहिले उनीसँग टाढिएर साम्राज्ञीसँग नजिकिएका छन् । साम्राज्ञीसँगको सम्बन्ध पनि फिल्मी मात्र हो कि ? आर्यनले कुनै दिन यसै भने भने ?