५२ मध्ये दयाहाङलाई मात्र २ शो !

पछिल्लो समय अभिनेता दयाहाङ राईको क्रेज घट्दो क्रममा रहेको छ । उनले अभिनय गरेका फिल्म एक पछी अर्को गर्दै फ्लपको लिस्टमा पर्दै गएका छन् । केही समय अगाडी प्रदर्शनमा आएको फिल्म ‘नेप्टे’को त शो समेत क्यान्सिल भएको थियो ।

अहिले उनी अभिनित फिल्म ‘भैरे’ प्रदर्शनमा आएको छ । निकै आशा गरिएको उक्त फिल्ममा दया नै केन्द्रमा थिए । तर उनको अभिनयले पुन एक पटक दर्शक तान्न सकेन । फिल्म ब्यापारको केन्द्र मानिने क्युएफएक्स चेनमा शुक्रबार 52 शो भए तर भैरेले जम्मा 2 पायो । दुखको कुरा, त्यहि नि हाउसफुल हुन सकेन । फलत आइतबार १ शोमा सिमित भएको छ । बिग मुभिज, एफ क्युब लगायत अन्य मल्टीप्लेक्समा पनि फिल्मको शो खासै देखिएको छैन ।

प्रचार प्रसारलाई पनि निकै जोड दिएको फिल्मले शो नपाउनुमा कतै दयाहाङसँग हलवालाहरु रिसाएका त छैनन् ? दयाको क्रेज साँच्चै कम भएकै हो त ? भन्ने प्रश्न समेत उब्जाएको छ । फिल्ममा दयासँगै बुद्धि तामाङ, बर्षा सिवाकोटी, सुरक्षा पन्त लगायतको समेत अभिनय रहेको फिल्म दर्शकको मन जित्न सफल देखिएको छैन ।

‘भैरे’सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘पण्डित बाजेको लौरी’ले भने दर्शक राम्रै तानेको छ । खासै स्टार कास्ट नरहेको फिल्म ‘पण्डित बाजेको लौरी’को कथा र कलाकारहरुको अभिनयको पनि निकै प्रसंसा भैरहँदा ‘भैरे’ भने केवल २ शोमा सिमित बन्न पुगेको छ । प्रदर्शनको दोश्रो दिन मै निरासा जनक शो र प्रतिक्रिया पाएको फिल्मले भोलिका दिनमा दर्शक तान्नेमा शंका नै छ ।