यस्तो छ अशोकलाई लिएर टंक र उनका दाई टिका बुढाथोकीले गरेको मास्टर प्लान

पछिल्लो समय नेपालको परिवेशमा अशोक दर्जी नै एक हुन जो चर्चामा छन् । उनको चर्चा यती छ की उनको बारेमा नकारात्मक कुरा सुन्न कोही तयार छैन । अशोक कस्तो जाल भित्र बेरिएका छन् भन्ने कसैले बुझ्न सकेका छैनन् । र, त्यो जालो बाहिर आएको पनि छैन । केहि समय आगाडी हामीले मेरो फिल्म डट कम बाटै एक समाचार सम्प्रेसण गरेका थियौँ ‘अशोकका कारण टंक हिट कि टंकका कारण अशोक ?’ भन्ने सिर्षकमा । सो समाचार अघी र पछी विभिन्न मिडियामा अशोकको प्रयोग गरेर केही व्यक्तिहरु आफ्नो दुनो सोझाउन लागिपरेका छन्, अशोकको मनोविज्ञानसँग खेल्दै छन् भन्ने आशयका विभिन्न समाचारहरु प्रकासित भए र भैरहेका पनि छन् ।

यसै बिच टंक बुढाथोकीका दाजु टिका बुढाथोकी मिडियामा आए । टंकले आफ्नो पर्सनल म्यानेजर भन्दै टिकालाई मिडियामा बोल्न लगाए र आफु पन्छिने कोशिस गरे । यति मै रोकिएनन् उनीहरु । बारम्बार उनीहरुको कालो कर्तुत बाहिर निकाल्न सुरु गरेका मिडियाको समाचार सेयर गर्दै खोक्रो रुन्चे भावना लेख्दै आम दर्शक श्रोताको मन पगाल्ने प्रयत्न गरे । तर झुट धेरै बेर टिक्दैन भने झैँ उनीहरुको कालो कर्तुत बाहिर आउन सुरु भएको छ । उनीहरुले अशोक दर्जीको चर्चालाई लिएर डलर छाप्न बुनेको जालो बाहिर आएको छ ।
टिका बुढाथोकी (टंकका दाई जसलाई टंक आफ्नो पर्सनल म्यानेजर भनिरहेका छन्)ले अशोक पढ्ने स्कुलमा प्रिन्सिपल दिपक न्यौपानेलाई गरेको टेलिफोनको रेकर्ड बाहिरिएको छ ।

टिकाले कल गर्छन । अशोक पढिरहेको स्कुल बेथल  एकेडेमीका प्रिन्सिपल दिपक न्यौपानेले केही बोल्न पाउँदैनन् । टिकाले अशोकको पढाईको बिषयमा बोल्छन । भन्छन्, ‘अशोकले पढ्न पर्दैन उसले नपढी क्लास टप गर्छ । उसलाई नपढाई टप बनाउने हो । उनको यो भनाईको अर्थ के ? पैसा खुवाएर या अशोक चर्चामा छ त्यसै कारण उसले नपढे पनि हुन्छ ? अशोकले नपढी टप हुने हो भने उक्त स्कुलमा पढ्न आएका अन्य बिद्यार्थी जो पढ्नमा अब्बल छन् उनीहरुको पढाइको कुनै अर्थ हुने छैन ?

प्रिन्सिपल भन्छन त्यसो भयो भने त मेरो स्कुलको प्रशासन कमजोर रहेछ भन्ने संदेश जान्छ । तपाइँहरुले त्यस्तो यूकेजी के यूकेजी भानिदीँन त भएन नी । यूकेजीको छुट्टै महत्व छ यूरोपको आफ्नै महत्व छ । यही कुरामा टिकाको प्रतिक्रिया यस्तो छ, ‘मैले अशोकलाई असर पर्ने गरी भनेको होइन त्यो त स्ट्र्याटिजी थियो । मैले त कान्तिपुर दैनिकमा निस्किएको अशोक दर्जीसँग सम्बन्धित समाचारलाई हानेको हुँँ । उसको त्यो समाचारलाई काउन्टर हानेको हुँँ ।

प्रिन्सिपलले आफु मानसिक दवावमा रहेको समेत बताएका छन् । तर टिकाले तपाईं सोझो हुनुहुन्छ अब बाङ्गो हुन सिक्नुस् भन्दै नगरकोट गएर १-१ बोत्तल बियर पिउँदै स्कुल कसरी अगाडी बढाउने भन्ने सल्लाह गरौँ भन्छन । नाम चलेका स्कुलका प्रिन्सिपलहरुको नाम थाहा नभएका जनतामाझ आज दिपक सर भनेर तपाईँ चिनिनुभएको छ भन्दै मिडियाको प्रयोग गरेर आफु चर्चित बन्न सिक्न आग्रह समेत गर्छन । उनी अगाडी भन्छन, ‘दिपक सर, डीजे रुपक र टंक बुढाथोकी मिलेर काढेको मह हो, तिनै जना मिलेर हात चाट्नु पर्छ । उनको यस भनाईको अर्थ यहि नै हो की आशोकको प्रयोग गरेर आशोकको नाम बेचेर आफुहरुले पैसा कमाउनु पर्छ । उनी यतिमै रोकिएनन । यहाँसम्म भने की यो सबैको ठेक्का म लिइदिन्छु । उनी ठेकेदार बन्न समेत तयार भएका छन् । अशोकको यूरोपको भिसाको बिषयमा सोध्दा उनले भने, ‘फिक्स छैन ।’ उसको यूरोप टुर नमिलेमा के को अशोक दर्जी भन्दै च्यापेर बस्ने, हामीलाई के बेनिफिट हुन्छ भन्दै उनी गर्जिंछन् । अशोक को यूरोपकोको भिजा नलागेपनि कमाउने बाटो धेरै भएको उनी बताउँछन् । भन्छन, ‘टंकले अहिले सबै स्टुडियो बन्द गरेर बसेको छ । तर यूट्युबबाट मनग्य कमाइरहेको उनी आँफैले स्विकार गरेका छन । स्कुल बन्द भए पनि अशोकलाई प्रयोग गरेर कमाउने बाटो प्रशस्तै रहेको उनको जिकिर छ ।

उनी भन्छन हामी प्लान गरेर, स्क्रिप्ट गरेर, गेम खेल्दै अगाडी जानु पर्छ । टेलिफोन वार्तामा उनी बारम्बार गेम खेलेर आफुहरु अगाडी बढ्नु पर्ने बताई रहेका छन् । आफुहरुले अशोकलाई यो चर्चा दिलाएको र त्यसको जस आफुहरुले लीँदै फाइदा पनि उठाउनु पर्ने भनिरहेका छन् । उनको यो भनाईले प्रस्टै हुन्छ की टंक बुढाथोकी र टिका बुढाथोकीको पैसा कमाउने मास्टर प्लान भित्र अशोक घेरिएका छन् । उनीहरुले बिच्छ्याएको जालोमा अबोध बालक पर्दै गएका छन । अशोकले त यो जालो बुझ्न सक्ने छैनन । तर जुन हिसाबमा अशोकको प्रतिभाको कदर र उसको समर्थन भएको थियो त्यही हिसाबमा अशोकको प्रयोग गर्दै पैसा कमाउने र अशोकलाई बेबारिसे छोडिदिने टंक/टिका मास्टर प्लानको सबैले बिरोध गर्ने बेला आएको छ ।
के छ उक्त टेलिफोन वार्तामा ? सुन्नुहोस यो कल रेकर्ड…