छुल्ठिमको ढच्चा !

नोभेम्बर रेन फिल्म रिलिज भएपछि डल्ली भनेर छुल्ठिम गुरुङलाई सबैले बोलाए । उनी, यो भूमिकामा फिट भइन् । छुल्ठिमलाई फिल्म खेलाउनका लागि अन्य प्रोड्यूसर आतुर थिए । तर, छुल्ठिम फिल्म नै नखेल्ने भनेर बसेकी थिइन् ।

उनको डिमाण्ड के थियो थियो ? सुवास गिरी जस्ता निर्माता सबै नहुने भएकाले फिल्म नखेल्ने भनेर उनी बसेकी थिइन् ।

छुल्ठिमले डायरी फिल्म आफ्नै लगानीमा बनाइन् । डायरीले डल्ली क्यारेक्टर विर्साउने सोच उनको थियो । तर, डायरीमा दर्शकले शब्द कोर्न नै चाहेनन् । फिल्म डुब्यो । नोभेम्बर रेन खेलेर केही बर्ष ब्रेक बसेकी छुल्ठिमलाई डायरीले डुबाइदियो । आफ्नै लगानीमा फिल्म डुबेपछि छुल्ठिमलाई फिल्म खेल्ने तन्त्रले छोएछ । उनी अहिले फिल्म खेलेको खेलै छिन् ।

फिल्ममा हिरोइन मात्र होइन, उनी आइटम डान्सर पनि बन्न तयार भएकी छिन् । मिस्टर भर्जिन फिल्ममा उनले गरेको आइटम डान्स हेरे पुग्छ ।

अहिले उनी एउटा फिल्म खेल्ने विदेशमा छिन् । नेप्टेमा पनि उनी हिरोइन् थिइन् । तर, फिल्म डुब्यो ।

छुल्ठिम गुरुङलाई अहिले आइटम, हिरोइन जे भएपनि पुगेको छ । अहिले जे भएपनि हुने । अनी नोभेम्बर रेन खेलेपछि फिल्म नै खेल्दिन भनेर किन ढच्चा पार्या होला ? कि, डायरीले डुबाएको लगानी उठाउन यो कसरत हो ?