साउन महिना र मेहेन्दी

शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टर
साउन महिना हरियालीको महिनामा विशेष गरि महिलाहरुले हरियो पहेलो छुरा लगाउने, मेहेन्दी लगाउने गर्नुहुन्छ । हरियो पहेलो पहिरनमा सजिएर यस महिना महिलाहरु ब्रत समेत बस्ने गर्नुहुन्छ ।  मेहेन्दी, चुरा हरियो पहेलो पहिरन आफ्नो परिवार, श्रीमानको सुस्वास्थ्य र दिर्घायुको लागी भन्ने गरिन्छ ।

आज हामी कुरा गर्दैछौ मेहेन्दी र यसको महत्व बारे :
मेहेन्दिको प्रयोगले शितलता प्रदान गर्ने मात्र नभई स्ट्रेस समेत कम गर्ने गर्छ । त्यसै कारण पनि बिवाह, चाडपर्वलप समयमा मेहेन्दी लगाउने गरिन्छ । त्यसका साथै मेहेन्दीको रंगले भबिष्य निर्धारण गर्ने बिस्वास समेत गर्ने गरिन्छ । मेहेन्दीको गाढापनकै कारण बैवाहिक सम्बन्ध राम्रो सुमधुर र लमो समय सम्म रहने बिश्वास गर्ने गरिन्छ ।

जुनसुकै परम्परागत चलन चल्तिहरु त्यस पछाडी केहि न केहि बैज्ञानिक कारण रहेकै हुन्छ । मेहेन्दीको पनि आफ्नै परम्परा चालचलन र त्यस प्रतिको छुट्टै धारणा रहेको छ । शरीरमा गरिने ट्याटू आर्ट पनि यहि मेहेन्दी आर्ट बाटै आएको भन्ने गरिन्छ । हात र खुट्टामा लगाउने गरिन्छ मेहेन्दी जसले गर्दा शरीरलाई शितलता प्रदान गर्छ र भाइरल डिजिजबाट बचाउन एन्टी सेप्टिकको काम गर्ने गर्छ ।

मेहेन्दी विशेष गरि बिवाह पुजा, जन्मदिन, साउन र तीज जस्ता विशेष चाडपर्वमा लगाउने गरिन्छ । सबैजना मिलेर रमाइलो गर्दै मेहेन्दी लगाइने भएको कारण एक अर्कामा समेत सुमधुर सम्बन्ध कायम रहन्छ ।