प्रियंकाको रातको कुराले आयुष्मानलाई टेन्सन

प्रियंका कार्की हिरोइन मात्र होइनन्, अब छुट्टै परिवारको बुहारी बन्ने तरखरमा पनि छिन् । प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेको धेरै दिन भएको छैन ।

प्रियंकाले अमेरिका गएपछि हालेको विकिनी तस्बिर यसै त भाइरल भएको छ । झन्, उनको र आयुष्मानको सम्बन्धमा घ्यू थप्दै कथा काठमाण्डु फिल्मको गीत रिलिज भएको छ ।

रातको कुरा शहर भरी भन्ने गीत रिलिज भएको छ । यो गीतमा प्रियंका र अभिनेता प्रमोद अग्रहरिको इन्टिमेट सिन देखाइएको छ । गीत खुबै हट छ । प्रियंकाले बाहेक अन्य हिरोइनले यो दृश्य दिन सक्थे या सक्थेनन्, थाहा छैन । तर, यो गीत सार्वजनिक नहोस् भन्ने चाहना अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशीको थियो ।

यही भएर पनि आयुष्मान गीत रिलिज कार्यक्रममा उपस्थित भएनन् । यो गीतले प्रियंकाको इन्गेजमेन्टलाई त असर गर्ने होइन ? बलिउडमा फिल्मका दृश्यले कलाकारको घरयासी सम्बन्धमा असर परेको उदाहरण धेरै भेटिन्छ ।