बालुवाटारमा कलाकार पुग्दा दीपकको टाउको दुख्यो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्देशक दिनेश डीसी नजिक छन् । नजिक भएरै त होला, ओलीले डीसीलाई भारत भ्रमणमा समेत लिएर गएका थिए ।

उनै ओलीसँग नेपाली फिल्मका कलाकारले भेट गरे । ओलीसँग कलाकारको भेटघाटको चाँजोपाजो उनै डीसीले मिलाएका थिए । डीसीले चाँजोपाजो मिलाएर प्रधानमन्त्रीले कलाकार भेटेपछि निर्माता तथा कलाकार दीपकराज गिरीलाई भने टाउको दुखेछ ।

गिरीले फेसबुकमै स्टाटस लेख्दै ‘एक झुन्ड पूराना पुस्ताका कलाकारहरूलाई  वालुवाटारले सल्लाह गर्न बोलाएछ, हाललाई हामिसँग भन्दा पनि गोबिन्द केसिको बिषयमा सल्लाह गरे राम्रो हुन्थ्यो कि?’ भनेर स्टाटस लेखे र गुनासो पोखे ।

हुनत, यो स्टाटसमा गिरीले डाक्टर केसी बारे चिन्ता व्यक्त गरेको देखाएका छन् । तर निर शाहदेखि संचिता लुइटेलसम्म भेटघाटका लागि पुगेका थिए । गिरीले एक झुन्ड पुराना पुस्ताका कलाकार भनेर उनीहरुको अपमान त गरेका होइनन् ? कि उनले दिनेश डीसीप्रतिको आफ्नो दुश्मनीलाई व्यङ्ग्य प्रहार गरेका हुन् ।

गिरिले पुराना पुस्ताका एक झुन्ड कलाकार भनेपछि उनलाई कमेन्टमा पुराना पुस्ताका कलाकारको सम्मान गर्न धेरैले आग्रह गरेका छन् ।
डीसीसँगको रिसलाई गोविन्द केसीसँग जोडेर गिरीले पुराना पुस्ताका कलाकारको अपमान गर्न खोजेको आरोप कमेन्टमा आफ्नो भनाई राख्नेहरुको छ । दिपकराज गिरी, आवेशमा पो आएका हुन् कि ?