‘फन्ने खाँ’ मा अनिल कपूर ट्याक्सी ड्राइभर (भिडियो)

बलिउड सुपरस्टार अनिल कपूर अभिनित फिल्म ‘फन्ने खाँ’ को नयाँ गीत मेरे अच्छे दिन कब आएंगे रिलीज भएको छ  । गीतमा अनिल कपूरको दैनिकीलाई देखाईएको छ । कुनै कुनै सिनमा राजकुमार रावको पनि अभिनयलाई देख्न सकिन्छ । गीतमा अनिल कपूरले ट्याक्सी ड्राईभरको भुमिका निभाएका छन् ।

अमित त्रिभेदीको स्वर तथा संगीत रहेको गीतमा ईरशाद कामिलको शब्द रहेको रहेको छ । अतुल मन्ज्रेकर निर्देशित फिल्ममा अनिल कपूर, ऐश्वर्य राय बच्चन, राजकुमार रावको मुख्य अभिनय रहेको छ । फिल्म ३ अगस्टमा रिलिज हुने भएको छ ।