जन्मदिनमा संचारकर्मी रोशनीको आश्रमलाई सहयोग

जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर सञ्चारकर्मी एवं गीतकार किस्ना आचार्य ‘रोशनी’ ले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छन् । उनले हिजो अर्थात श्रावण ५ गते आफ्नो जन्मदिनको सन्दर्भमा काठमाण्डौ टोखा स्थित समाजसेवी दिक्षा चापागाईं द्वारा सञ्चालित आश्रम पबित्र सेवा समाज नेपालमा २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गर्दै जन्मदिन मनाएकी हुन् ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै रोशनीले हामी युवाहरु उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि सामाजिक भावना जगाई अभाव रहेको ठाँउहरुमा सहयोग गर्न सके राम्रो हुने थियो । सानैदेखि सहयोग गर्न मन पर्ने म हुँदा खाने व्यक्ति हुँ, तथापि आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउदा हुने खर्च आश्रमका लागि खर्च गरेको रोशनीले बताइन् । आचार्यले पवित्र सेवा समाज नेपालमा बृद्ध आमाबुवा, र साना नानीहरुको साथमा भरतपुरका असाहायहरुसँगै आफ्नो जन्मदिन मनाउन पाउँदा आनन्द मिलेको बताइन् ।
वाल्यकालदेखि नै उनको मनमा जागेको समाजसेवा भाव उनले बेलाबेलामा यथासक्य जिवनमा लागु गर्दै आएकी छिन् । उनको जन्मदिनको अवसरमा उनका श्रीमान सिताराम, लोक गायिका कला पंगेनी, मोडल नारायण ढकाल एवं पत्रकारहरु सुमन वैरागी, सविता पोखरेल र दिनेश थापा लगायत उनका परिवार र केही साथी सहित आश्रम पुगेका थिए ।
आश्रमकी सञ्चालक दिक्षा चापागाईंले यस्तै सहयोगी मनहरुबाट आश्रम चलेकोले आश्रित बालबच्चाको सुदुर भविष्य र सुरक्षित जिवन एवं वृद्धवृदाको खुशीमा यस्ता खालका सहयोगले ठुलो टेवा पुग्ने बताइन् । दिक्षा चापागाईं सञ्चालित आश्रममा विभिन्न उमेरका ६५ जना असाहयहरु आश्रित रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया