गायक रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना

सदावहार गायक रामकृष्ण ढकाल आज जन्मदिन मनाउदै छन् । हुने बिरुवाको चिल्लो पात भनेजस्तै उनी सात बर्षको कलिलो उमेरमा नै चर्चित भैसकेका थिए । उनले आशिर्बाद नामक एल्बम मार्फत नेपाली म्युजिक इन्डस्ट्र«ीमा पाईला टेकेका हुन् भने हालसम्म सैयौ गीत गाएर दर्शकको मन जित्न सफल भैसकेका छन् ।

उनका केहि लोकप्रिय गीतहरु ओराली लागेको, पाहाडको छुक छुके रेल, आवरन जस्ताहरु रहेका छन् । त्यहि लोकप्रिय गीतहरुकै कारण उनी दर्जनौ पुरस्कारले पुरस्कृत भैसकेका छन् । उनलाई नेपाली म्युजिक ईन्डस्ट्रीको खम्बाभन्दा पनि खासै फरक नपर्ला । किनकी उनको योगदान म्युजिक ईन्डस्ट्रीमा धेरै रहेको छ ।  उनी हाल श्रिमती निलम शाह र छोरी रानी ढकालसँग काठमाडौँमा बस्दै आएका छन् । गायक ढकाललाई ४४औ जन्मदिनको सुभकामना ।