तीजमा ‘भाइरल’ (भिडियो)

उमा श्रेष्ठको तीज गीत ‘भाइरल’ सार्वजनिक भएको छ । गीतमा गायिका श्रेष्ठलाई डीबी लोप्चनले साथ् दिएका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् । उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।