अर्काकै स्टाटसबाट काम टर्यो बर्षाको

- मेराेफिल्म

अभिनेत्री बर्षा राउतले छोटो अवधीमा हल्ला राम्रै कमाएकी छन् । बर्षा राउतका लागि फिल्म बनाउने सपना देख्ने निर्माता धेरै नै छन् । बर्षा राउतले पनि भ्याएसम्म फिल्म गरेकी छन् । तर,  फिल्म गरेको पैसा नपाउनुको पीडा उनमा पनि रहेछ । यही भएर त बर्षा आफ्नो पीडा पोख्न फेसबुकको साहारा लिदैछिन् ।

बर्षाले, सापटी दिएको, नजिकका साथीभाइलाई दिएको, काम गरेको पैसा नाम चलेका निर्माताबाट उठाउन गाह्रो परेको भन्दै एउटा स्टाटस कपी गरिन् । निर्देशक सिमोस सुनवारको दुख बर्षाले पनि सापटी लिएकी हुन् । बर्षाले सिमोसको दुख सापटी लिएर दुई तिरै तिर मारेकी छन् । एउटा त, पैसा सापटी लगेर पनि नतिर्ने साथीभाइमाथि बर्षाको व्यङ्ग्य आयो । अर्को, काम गराएर माग्दा माग्दा पनि पैसा नदिने निर्मातालाई झापड भयो । सिमोस सुनवारको दिमागमा साथ दिन खोज्दा बर्षालाई फाइदा पनि भएको छ । उनलाई पैसा दिन नखोजेका निर्माताले खुरुक्क ल्याएर पैसा वुझाएछन् ।

आफैले यस्तो पीडा लेख्न त बर्षालाई मन लागेन वा आएन । तर, सिमोसकै स्टाटसलाई कपी हानेर भएपनि उनको काम भने चलेको छ । तर, बर्षाले नाम चलेका कलाकारले पनि पैसा नपाउने गरेको पीडा सार्वजनिक भने गरिदिएकी छन् ।

२०७५ साउन ८ गते १४:२७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *