मिस सुनार (विश्वकर्मा) को उपाधि दिपिकालाई

दोस्रो संस्करणको मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दिपिका सुनारले जितेकी छन् । पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालेमा अन्य ११ प्रतियोगीलाई पराजित गर्दै दिपिकाले उपाधि चुम्न सफल भएकी हुन् । भिजुअल जोन प्रा.लि.ले आयोजना गरेको प्रतियोगीतामा पर्वत कुष्माकी आहना सुनार फस्ट रनरअप तथा तनहुँकी उर्मिला सकेन्ड रनरअप बन्न सफल भए ।
प्रतियोगीतामा मस्ट ट्यालेन्ट अस्मिता सुनार, मस्ट कन्फिडेन्ट आहना सुनार, बेस्ट फिगर तथा स्किन साधना सुनार, मस्ट डिसिप्लेन तथा मस्ट स्टाइलिस अस्मिता सुनार, मस्ट पपुलर तथा पंच्युल दिपिका सुनार, वेष्ट हेयर पार्वती सुनार, मस्ट व्युटिफुल तथा मस्ट फ्रेन्डली प्रियकां सुनार, वेस्ट वाक सविना सुनार, वेष्ट स्माइल अनिता सुनार, मस्ट चार्मिङ भुमिका सुनार र भिवर च्वाइसको उपाधि उर्मिला सुनारले प्राप्त गर्न सफल भए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको मुख्य निर्णायकमा काली प्रसाद बास्कोटा रहेका थिए । १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीको सहभागीता रहेको प्रतियोगितामा एक महिनाको तालिमका साथ फोटोसुट, भ्रमण, ट्यालेन्ट सो लगायत मार्फत उनीहरुमा निखारता प्रदान गरि फिनालेमा उतारिएको थियो ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_dr12fRMq11_mc141snlrgotex0mwdallncd9mjzjam05zvtbil77g3lrfk3radaarxowh7w.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_l9e2qYBemD_vgacaaxkdg1ekbhdqmbancvjcdvgb2g7pcvwsypuyebrahsw3suuzlfxzhsa.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया