‘सिंहदरबार २’ टिजर सार्वजनिक

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआईडी) को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक भएको छ । टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकारलाई देखाइएको छ । पहिलो सिजनको सफलतापछि निर्माण गरिएको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन् ।
समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार २ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ । साउनको दोस्रो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको रहेको छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया