‘नाई नभन्नु ल ५’का डमी हिरो

- मेराेफिल्म

विकासराज आचार्यलाई स्टार जन्माउने निर्देशकको रुपमा लिइएको छ । जीवन लुइटेल, अनुभव रेग्मी, पल शाह, आँचल शर्मा, बर्षा राउतलाई उनले नै जन्माए र स्टार बनाए । यही भएर पनि विकासको नाई नभन्नु ल सिरिजमा काम गर्न जो कोही कलाकार पनि आतुर हुन्छन् । तर, यसपटक विकासले स्टार जन्माउँदैछन् या डमी हिरो ? प्रश्न उठ्न थालेको छ ।

विकासले निर्देशन गरेको नाई नभन्नु ल ५ को ट्रेलर गीत रिलिज भैसकेको छ । फिल्म धान्नका लागि यो पटक विकाससँगै पुराना कलाकार, गीतसंगीत छ । तर, यतिले मात्र पर्याप्त छैन । उनले हिरो अभिषेक नेपाललाई बनाएका छन् ।

फिल्मको ट्रेलर र गीत हेर्दा अभिषेक हिरो होइन डमी लाग्छन् । जो उभिएको छ, निर्देशकले हिड भडेपछि हिडेको छ फेरि उभिएको छ ।

फिल्मको ट्रेलरमा अभिषेकको आवाज नै राखिएको छैन । विकास अभिषेकको कथा फिल्ममा खुल्ने बताउँछन् । तर, फिल्मको शिर्ष गीत पनि सार्वजनिक भैसकेको छ । यो गीतमा त स्वस्तिमा एक डमीको वरिपरी नाचेको जस्तो लाग्छ ।

आखिर, हिरोले काम गर्न नसकेका हुन् या विकासले अभिषेकलाई डमी नै बनाएका हुन्, खुल्ला ।

२०७५ साउन ९ गते १२:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *