कहिलेसम्म फ्याक्लान् भूवनले अनमोल अस्त्र ?

आफ्नो फिल्मलाई लिएर यदि कुनै निर्मातालाई भयंकर आत्मविश्वास र घमण्ड दुबै छ भने ती निर्माता भूवन केसी हुन् । भूवन केसीलाई आफूले बनाएको फिल्म जुन मितिमा ल्याइदिए पनि हुन्छ भन्ने घमण्ड छ । गत बर्ष फिल्म कृको समयमा पनि उनले यस्तै आत्मविश्वास पालेका थिए । त्यही भएर, ३ पटक प्रदर्शन मिति फेरेका थिए । यो बर्ष पनि भूवनले त्यही आत्मविश्वास पालेका छन् । भूवनको होम प्रोडक्शनको फिल्म क्याप्टेनको काम सकिएको छैन । तर, भूवनले प्रदर्शन मिति भने बारम्बार भन्दै आएका छन् ।
भदौ २९ गते क्याप्टेन रिलिज हुन्छ, नभ्याए असोज ५ गते हुन्छ । भूवनले दुई मितिलाई दोधारे अवस्थामा बुक गरे । यी दुबै मितिमा फिल्म आउला कि नआउला भन्ने अझै फाइनल छैन । असोज १२ गतेलाई पनि उनले हल्ला गर्न भ्याएका रहेछन् । दशैको फूलपातिमा छक्का पन्जा ३ सँग जुधाउँछु भनेर समेत भनेका रहेछन् ।
भूवनमा यो आत्मविश्वास आउनुमा अभिनेता अनमोल केसी मुख्य कारक हुन् । अनमोल केसीको फिल्मसँग अरु जुध्न सक्दैनन् भन्ने भूवनले सोचेका छन् । अनमोल अस्त्रकै कारण भूवन अहिले अरु निर्मातालाई तर्साउन माहिर भएका छन् । जुन निर्माता पनि क्याप्टेन कहिले आउँछ भनेर प्रश्न गरिरहेका छन् । आफूले तोकेको मितिमा क्याप्टेन नआओस् भन्ने उनीहरुमा डर छ । भूवनले अनमोल अस्त्र कहिलेसम्म फ्याक्लान् ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया