राजाको ‘हुकुम’ रोल्पा कि रुकुम ?

Mero Film

पहिले पहिले राजा महाराजाहरुको शासन हुदाँ दरबार भित्र वा बाहिरका व्यक्तिहरुलाई कुनै कार्य सम्पादन गरेको खुसियाली मनाउन राजाले कुनै स्थानको जमिन वा राज्य उपहार स्वरूप प्रदान गर्ने प्रचलन रहिआएको थियो । त्यही प्रचलनको भावलाई प्रेममय परिवेशमा ढालेर सुरेश अधिकारीले कोरेको शब्द तथा उनकै संगीत रहेको फिल्म ‘सुश्री सम्पति’ गीत ‘हुकुम’ सार्वजनिक भएको छ । बिशाल राई र मेलिना राइको स्वर रहेको उक्त गीतका नायक द्वय सलोन बस्नेत र बिनोद न्यौपानेका साथमा नायिका सारा सिर्पाली फिचर्ड छन् । यस गीतको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायाङ्कन रहेको छ ।

‘सुश्री सम्पति’मा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने यसमा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक शुब्रत आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

फिल्म भद्र २२ मा रिलिज हुने भनिए पनि रिलिज डेट सर्न सक्ने सम्भावना देखिएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक शुब्रत आचार्यले राम्रो फिल्म छ भने त्यसको लागि उचित डेट हेर्नु पर्ने भन्दै घुमाउरो पारामा रिलिज डेट सर्न सक्ने सम्भावना देखाएका थिए । उनले भने, ‘हामी कुनै फिल्मको थ्रेट वा अन्य केही कारण नभई राम्रो मेहनत गरेको फिल्मलाई उचित डेटमा रिलिज गर्नु पर्छ भन्ने मनस्थितिमा छौँ ।


Leave a Reply

Your email address will not be published.