साम्राज्ञी र धिरजको मन उडायो हावाले (भिडियो)

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगर अभिनित फिल्म फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पहिले गीत ‘उडायो हावाले’ सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द, संगीत रहेको उक्त गीतमा बस्नेतसँगै निकिता थापाको स्वर रहेको छ । लण्डन र नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको यो गीतमा साम्राज्ञी र धिरजको जोडी फिट देखिन्छ । छायाङ्कनको समय देखिनै चर्चा बटुलिरहेको फिल्म असोज ५ गते देखी प्रदर्शनमा आउँदै छ ।

प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन भने सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह-निर्माता रहेका छन् । फिल्ममा सम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ । फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाङ्कन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतले गीतमा स्वर भरेका छन् ।