१० बर्ष देखिको सपना ‘फन्ने खाँ’

अक्स, रंग दे बसन्ती,  दिल्ली ७ र भाग मिल्खा भाग जस्ता चर्चित फिल्महरु निर्माण गरिसकेका निर्देशक तथा निर्माता राकेश ओमप्रकाश मेहरा यि दिनहरुमा आफ्नो नयाँ फिल्म फन्ने खाँको प्रमोशनमा व्यस्त छन् । मेहराले आफूले फन्ने खाँ बनाउँने सपना आज भन्दा १० बर्ष अगाडी देखेको बताए । तर यो सपना एक दशक पछि पूरा मात्रै भएको पनि उनले बताए । फिल्म उनले निर्माण गरे तर निर्देशन भने मेहराले गरेका होईनन । फिल्ममा अतुल मांजरेकरको निर्देशन रहेको छ । मान्जरेकर पछिल्लो २५ बर्ष यता मेहरासँगै काम गरिरहेका छन् ।

फन्ने खाँको जर्नीको बारेमा मेहरा यसो भन्छन् १० बर्ष पहिले मैले एक बेल्जियम फिल्म एव्रीबडीज फेमस हेरेको थिए । यो फिल्म ओस्करको लागि पनि नोमिनेट भएको थियो, र टप ५ सम्म पुगेको थियो । मलाई फिल्मको मुद्दा निकै मन पर्यो र उक्त फिल्म हिन्दीमा बनाउँने फैसला गरे । मैले यसको रिमेकको अधिकार पाउँनको लागि ५ बर्षसम्म फिल्म एव्रीबडीज फेमसका निर्देशक तथा निर्मातालाई सम्पर्क गरिरहे । बेल्जियम निर्देशक आफ्नो फिल्मको अधिकार दिन चाहदैन थिए । धेरै कोशिश पस्चात अन्तिममा उनले हामीलाई आफ्नो फिल्मको रिमेक गर्नको लागि अनुमति देएका हुन् । फिल्मको काहानी मध्यम बर्गको रहेको उनले बताए । मध्यमबर्गमा हुने उताब चढाबलाई आफ्नो फिल्ममा उतार्न खाजिएको मेहराको भनाई रहेको छ । फिल्ममा अनिल कपूर, ऐश्वर्या राय बच्चन, सतीश कौतीश, राजकुमार राव, पीहू सांड र दिब्या दत्ता जस्ता कलाकारहरुको अभिनय देख्न  सकिने छ । फन्ने खान ३ अगस्टबाट रिलिज हुने भएको छ ।