‘नाइँ नभन्नु ल ५’ सँग भिड्दै ‘रेनी’

फिल्म ‘रेनी’ भदौ ८ गते देखि प्रदर्शनमा आउने भएको छ । सोही दिनबाट विकासराज आचार्य निर्देशित फिल्म नाइँ नभन्नु ल ५ पनि हलमा लाग्दै छ । त्रिकोणात्मक प्रेम कथा समेटिएको फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक भएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित ‘दारी बा’,  दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ साथै नवनायिका सनम मल्लको मुख्य भूमिका रहने छ । गिरिश रिजालको निर्देशन रहेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् । जयराम थापाको छायांकन रहेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।