पाकिस्तानी अभिनेत्री सबा सिगरेटका कारण ट्रोलको सिकार

हिन्दी मिडीयाबाट आफ्नो पहिचान बनाएकी पाकिस्तानी अभिनेत्री सबा कमर अहिले चर्चाको सिखरमा छिन् । उनको एक तस्विर जहाँ उनी सिगरेट पिईरहेको देखिन्छिन् ।  यो तस्बिर पछिल्लो समय सोशल मिडीयाहरुमा भाईरल भईरहेको छ । यस तस्बिरलाई लिएर सबाको ट्रोल बन्न थालेको छ । उक्त  फोटो फोटोशूटको दौरानमा आफ्नो ड्रेस चेन्ज गर्न ब्रेक लिएको बेला एक्सिडेन्टली कसैले खिचेका थिए । ब्रेकमा उनले सिगरेट पिएकी थिईन् ।

कुनै यूजरले उनको यस फोटोलाई लिएर आपत्तिजनक भाषा प्रयोग गरेका छन् । सबा कमरले ट्रोलर्सहरुलाई जबाफ दिदै भनिन् एक्सिडेन्टली मेरो फोटो कसैले लिएका हुन् र यसलाई सोशल मिडीयामा फैलाईदिएका हुन । उनले आफूलाई निकै लाज लागेको पनि बताइन् । यो भन्दा पहिला यस्तै एक्सिडेन्ट केसमा माहिरा खान पनि परिसकेकी छन् । उनको रणबीर कपूरका साथ सिगरेट पिईरहेको फोटो भाईरल भएको थियो । यस कारण रणबीर र माहिराको रिलेशनलाई लिएर चर्चा पनि हुन थालेको थियो ।