प्रचारको नयाँ शैली : रेस्टुरेन्टमा वाइफाई पासवर्ड ‘रामकहानी’

भदौ २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘रामकहानी’ निर्माण टिमले प्रचारको नया उपाय अपनाएको छ । उपत्यकाका केहि रेष्टुरेन्ट र होटलमा वाईफाईको युजर नेम र पासवर्ड ‘रामकहानी’ राखेर फिल्म प्रचारमा भिन्नै शैली सुरु गरेको हो । होटल रेस्टुरेन्टमा नाम सुनेकै कारण फिल्म प्रति जिज्ञासा बढ्ने र फिल्म चल्ने बिश्वास निर्माण टिमको रहेको छ ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको ट्रेलर साउन १७ गते रिलिज हुने छ ।