शोभितजी, बरु बन्द गरेको फिल्म फेरि नबनाएको भए के हुन्थ्यो ?

निर्देशक शोभित बस्नेतले छोरा सलोन बस्नेत र उनकी प्रेमिका करिश्मा श्रेष्ठलाई लिएर ‘झिल्के’ फिल्म निर्देशन गरेका थिए । फिल्मको काम सकिनै पनि लागेको थियो । तर, पछि उनी सपनाबाट ब्यूझिए । यस्ता, सस्तामस्ता कपडा र लोकेशनमा फिल्म खिचेर देखाउँदा छोराको फिल्म करिअर नै सकिन्छ ।

यसपछि, त्यही कथालाई मिलाएर उनले ‘बाबु कान्छा’ फिल्म बनाए । ‘झिल्के’ फिल्म ‘बाबु कान्छा’ बन्यो तर शोभितको आइडियाले काम गरेन र फिल्म चलेन ।

शोभितले एउटा विदेशी फिल्मको कपी नै गरेर झिल्के अनी बाबु कान्छा बनाएका थिए । उनको आइडियाले कतै काम गरेन । हिरो जयकिशन बस्नेत भएको भए झिल्के रिलिज गर्थे, सलोन भएर नगरेको भन्न समेत भ्याए ।

शोभितलाई थाहा थिएन कि के हो, उनकै भाई जयकिशनले बनाएको धुम २ चलेको थियो । तर, छोरा सलोनले काम गरेको बाबु कान्छा चलेन ।
अहिले उनी छोराले हसाँउन मात्र सक्ने, तर आफूले रुवाएको भन्दै बाबु कान्छा नचलेको उदाहरण दिन थालेका छन् । छोरा हसाँएर र रुवाएर भन्दा पनि आफूले डुबाएर नचलेको भन्ने शोभितलाई अझै भेउ आएको छैन ।

कर्णविर बनाउँदाको दिमाग लगाएर अहिले फिल्म बनाउँदा सलोन त के चलेकै हिरो राखेपनि फिल्म चल्दैन । बरु, झिल्केलाई बाबु कान्छा नबनाएको भए छोराको करिअर यति साह्रो हरिविजोग हुँदैनथ्यो कि शोभित जी ?