सलमान स्टारर फिल्म ‘भारत’ को फस्टलुक रिलिज

सलमान खानको आगामी फिल्म ‘भारत’को फस्टलुक रिलिज भएको छ । ‘भारत’का निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटर मार्फत फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् ।

फिल्म आगामी बर्षको इदमा रिलिज हुनेछ । फस्टलुकमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा प्रवेश गर्दै गरेको देखाइएको छ । यो फिल्म २०१४ को कोरियन ब्लकबस्टर फिल्म ‘अड टु माई फादर’को आधिकारिक रिमेक हो । दिशा पटानीको समेत अभिनय रहेको फिल्ममा प्रियंका चोपडाको हलिउड यात्रापछिको पहिलो बलिउड फिल्म रहेको छ।