टाईगर श्राफको नयाँ अपार्टमेन्ट

बलिउडका कलाकारहरु स्टान्डर्ड लाईफस्टाईल अपनाउन चाहन्छन् । त्यसैले मेहेनत गरेर कमाएपछि उनीहरुको पहिलो रोजाई नै अपार्टमेन्ट खरिद गर्ने हुन्छ । बलिउडका धेरै नायक तथा नायिकाले आफ्नै कमाईबाट अर्पाटमेन्ट खरिद गरिसकेका छन् । उनीहरु शानदार जीवन मात्र नभएर, गोपनियता पनि खोज्छन् । यसै कारण उनीहरु परिवारबाट टाढा बस्न चाहन्छन् ।

यसैविच पछिल्लो समयका स्टार टाईगर श्राफले पनि मुम्बइमा एक अपार्टमेन्ट खरिद गरेका छन् । फिल्म बाघी २ हिट भएपछि उनलाई लिएर फिल्म निर्माण गर्न निर्माता निर्देशकहरु लाईमा लागेका छन् । हाल उनी स्टूडेन्ट अफ द ईयर २ मा व्यस्त छन् ।