फ्राइडे रिलिज : रोमियो एण्ड मुना, चि मुसी ची र सुकुलगुण्डा

फ्राइडे रिलिज अन्तर्गत आज तिन नेपाली फिल्म ‘रोमियो एण्ड मुना’  ‘चि मुसी ची’ र ‘सुकुलगुण्डा’ हलहरुमा लागेका छन् । नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी लगायतको अभिनय रहेको छ । फिल्म प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चि मुसी ची’ लाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ,  महेश्वर खत्री,  सुबास भुर्तेल,  डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

बिना कुनै प्रमोसन आजैबाट फिल्म ‘सुकुलगुण्डा’ प्रदर्शनमा आएको छ । मधुसुदन भट्टराईको निर्देशन रहेको यो फिल्मले मल्टिप्लेक्समा कुनै सो पाएको छैन भने केही सिंगल थिएटरमा रिलिज भएको छ । फिल्ममा जीवन लुइँटेल, खुश्बु खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।