प्रदीपको स्टाटस व्यंग्य कि दुखेसो ?

केही दिन अगाडि जी सिने अवार्ड नेपालमा हुने भनेर मेरोफिल्म डट कमले न्युज फ्ल्यास गरेको थियो । सो पस्चात नेपाली फिल्म वृत्तमा अनेक थरि टिका टिप्पणीहरु देखिन थालेका छन् । कसैले सो अवार्ड नेपालमा गरिनु ठिक हो भनेका छन् त कसैले त्यसको बिरोध गरेका छन् । प्रधानमन्त्रीले अवार्ड आयोजना सम्बन्धी सम्झौता कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निम्ता गरेका थियो । त्यसको बिरोध समेत भएको थियो ।

धेरै फिल्म कर्मीले पुराना पुस्ताका कलाकारहरु मात्रको उपस्थितिको खिल्ली समेत उँडाएका थिए । यसै बिच चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले आफ्नो फेसबुकमा जी अवार्ड नेपालमा गरिनु हुन्छा की हुदैन भन्ने आसय सहित स्टाटस पोष्ट गरेका थिए । सो स्टाटसको कमेन्टमा पनि मिश्रित प्रतिक्रियाहरु आएका छन् । कसैले त्यसको समर्थन गरेका छन् त कसैले बिरोध ।

उदय त्यति मै रोकिएनन । बिहिबार उनले एक कार्टुन सहित अर्को एक स्टाटस पोष्ट गरेका छन् । उक्त स्टाटस यस्तो छ : ‘दुई बर्ष देखी राष्ट्रीय चलचित्र पुरस्कार बितरण गर्न महामहिम राष्ट्रपतिज्युसँग समय छैन तर सरकार जि सिने अवार्डको लागी अग्रसर छन्… बिडम्वना।।।बिडम्बना।।।बिडम्वना’ । उनले यस स्टाटस मार्फत सरकारले राष्ट्रीय चलचित्र पुरस्कार बितरणमा देखाएको उदासिनता र भारतीय जि सिने अवार्डको लागी देखाएको अग्रसरता प्रति घुमाउरो पारामा व्यंग्य गरेका छन् । उनको उक्त स्टाटस व्यंग्य हो या दुखेसो त्यो त उनैलाई थाहा होला तर राष्ट्रीय चलचित्र पुरस्कार वितरणमा सरकारले देखाएको उदासीनतालाई उनले व्यक्तिगत तवरबाट देखाएको चासो तारिफ योग्य नै छ ।