सहिमाको ‘पहिलो नम्बर सुन’ (भिडियो)

- मेराेफिल्म

गायिका सहिमा श्रेष्ठको तीज गीत ‘पहिलो नम्बर सुन’ सर्वजनिक भएको छ । गीतमा वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको छ भने संगीत सन्तोष श्रेष्ठको रहेको छ । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् ।

भिडियोको छायांकन वरिष्ठ छायांकार शिव ढकालले गरेका छन् भने सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् । भिडियोमा अभिनेत्री खुश्वु खड्कासँगै गायिका श्रेष्ठ स्वयम्ले अभिनय गरेकी छिन् । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।

२०७५ साउन १० गते १९:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *