आमाको यादमा आसु झार्दै आयुव सेन (भिडियो)

फिल्म मेरी मामुको शिर्ष गीत रिलिज भएको छ । रोहित जोन क्षेत्रीको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत तथा रवी मल्लको शब्द रचना रहेको छ । सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार आयुव सेन र सारुक ताम्राकारलाई देख्न सकिन्छ ।

निर्माता सन्तोष सेन निर्मित फिल्ममा उनकै ७ बर्षीय छोरा आयुव सेन, रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरीको मुख्य भूमिकामा रहेको छ भने  नव नायिका कुसुम गुरुङ फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतको समेत अभिनय रहेको छ । लेखन तथा निर्देशन याम थापाको रहेको फिल्म भदौ १५ गतेबाट विश्वव्यापी रिलिज हुने छ ।