सलमानसँग बिवाह गर्न चाहन्छिन २४ बर्षीया हिरोइन

- मेराेफिल्म

उमेरले ५० नाघेका अविवाहित नायक सलमान खानका फ्यानको कमि छैन । उनको प्रेमिकाको लिस्ट पनि लामै छ । संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ लगायत अभिनेतृहरू उनको जीवनमा त आए तर सम्बन्ध बिवाह सम्म पुग्न सकेन । तर अझै पनि उनलाई चाहनेको भने कमि भएको छैन । विभिन्न अवसरमा युवतीहरू उनलाई प्रेम प्रस्ताव राखिरहेका हुन्छन भने सलमान लाज मान्दै मुस्कुराइरहेका देखिन्छन्। यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेतृ रहेकी छिन्, जो उमेरले मात्र २४ वर्षकी हुन्।

२४ वर्षीया उर्वशी रौटेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानसग विवाह गर्न चाहेको बताएकी हुन् । हेट स्टोरी–४ कि यी नायिकाले चर्चामा आउनका लागि पनि यस्तो भनेकी हुन सक्छिन् । फिल्म बाबिलमा सारा जमाना बोलको आइटम गीतका कारण चर्चामा आएकी उनले फिल्मबाट भने चाहेजस्तो सफलता पाउन सकेकी छैनन् । उनी बलिउडमा राम्रो फिल्मको अफरको प्रतिक्षामा छिन् ।

२०७५ साउन ११ गते १५:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *