निश्चल-स्वस्तिमा घरमा ढाटेर फिल्म हेर्न जादा (भिडियो)

रियल जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेत को अभिनय रहेको गीत नाच फिरिरी सार्वजनिक भएको छ । उनीहरुलाई अभिनयमा क्रिस्टल क्लज डान्स क्रु र प्रकाश घिमिरेले साथ दिएका छन् । गीतमा महेश काफ्ले र मेलिना राईको आवाज रहेको छ भने संगीत तथा शब्द गायक काफ्ले कै रहेको छ ।  यस गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्  ।

शिवराम श्रेष्ठ र सुरज श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । म्युजिक भिडियो निर्देशन निश्चल बस्नेतले गरेका हुन् ।