विवाह गर्दै ‘बाहुबली’ अभिनेत्री तमन्ना !

‘बाहुबली’ सिरिज खेलेर चर्चा कमाउन सफल अभिनेत्री तमन्ना भाटियाले विवाह गर्ने भएकी छन् । तेलगुसँगै बलिउड फिल्ममा समेत अबिनाया गरेकी तमन्नाले विवाह गर्न लागेको खबर बहिरिरेको छ । उनी अमेरिकामा बस्ने डाक्टर सँग हिन्दू परम्परा अनुसार विवाह गर्दै छिन् । पछिल्लो समय तमन्ना आफैंले आफू रिलेसनसिपमा रहेको कुरा बताउने गरेकी थिइन्।

आफ्नो प्राइभेट लाइफला गोप्य नै राख्ने तमन्नाको नाम एक पटक भारतीय क्रिकेटर विराट कोहली सँग जोडिएको थियो । सन् २०१२ मा सेलकोनको विज्ञापनमा काम गर्ने क्रममा दुवै नजिक भएका थिए तर चाँडै नै दुवैको सम्बन्ध सकिएको चर्चा चलेको थियो । कोहलीले अघिल्लो बर्ष मात्रै बलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह गरेका हुन् ।

तमन्नाले अहिलेसम्म बिवाह चर्चाको प्रतिकार वा स्वीकार गरेकी छैनन् । विवाहको चर्चाले बजार ताते पनि अझै ६ महिनासम्म उनी तेलगु र बलिउड फिल्ममा व्यस्त रहने बताइएको छ । सन् २००५ मा रिलिज भएको फिल्म ‘चाँद सा रोशन चेहरा’ बाट बलिउडमा डेब्यु गरे पनि उनी तेलुगु फिल्मबाट सफल भै सकेकी छन् ।