उनीसँगको त्यो रात – LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

मेरो कानमा मधुरो ध्वनीमा बज्दै गरेको गजबको हिन्दी गित “मैं जहां रहुं, मै कहिं भि हुं तेरी याद साथ है” ले तरंग प्रवाहित गर्दै थियो मेरो नयनको ढकनी उघारीन खोज्दै गर्दा । मध्यम प्रकाश जो पक्कै पनि कृतिम थियो मेरो आंखाको पहिलो पटकको दृष्यको बखतमा ।

लामो श्वास सहित बल्ल नियाल्न थालेको छु आफुलाई मैले । मेरो साथमा कोहि रहेको आभाष भने पाउंदिन म । टाउको एकदमै भारी भएर दुखेको महशुस हुंदैछ । जिउ चल्मलाउन पनि अफ्टेरो लाग्दैछ । तर म किन र कसरी यहां छु ? बेडमा पल्टेको अवस्थामा । पहिला कहिल्यै नपसिएको अन्जान कोठाको बिशाल बेडको बिचमा कसरी म सुतिरहेको छु ?

सेतो रगंमा चम्चमाउंदो चम्कीलो सिलिङमा पहिलो नजर परेको छ मेरो, फरक फरक रंगमा रंगीएका कोठाका चारै दिशाका भित्ताहरु । कारीगढीको भब्य नमुना झैं लाग्ने बिशाल आकारको बेड, मोटो र लचकदार म्याट्रेस माथी ओच्छ्याईएको सफा सेतो नरम तन्ना अनि त्यसमाथी मैले ओडीरहेको असाध्यै मुलायम व्याङकेट । उत्तीकै नरम महसुस भईरहेको सिरानी ।

म सुतेको बेडको ठिक अघिल्तीरको छिर्के बिर्के बैजनी रंगले पोतीएको भित्तोमा राखीएको अर्को काष्ठकलाको अद्घीतिय नमुना लाग्ने सोकेश अनि त्यसैको बिचमा मिलाएर झुण्डाईएको ठुलो टिभि अनि त्यही टिभीमा चल्दै गरेको च्यानलमा बजिरहेको गित “मैं जहां रहुं, मै कहिं भि हुं तेरी याद साथ है” । तर मलाई न त थाहा छ म कहां छु न त गितले भने झैं कसैको याद नै साथमा छ अहिले ।

म कहां कसको घर वा कसको कोठमा सुतिरहेकोछु ? म कसरी यहांसम्म आईपुगें ? धेरै जोड दिएर सम्झीने प्रयत्न गर्छु तर सक्दै सक्दीन । मलाई यहां आउनु भन्दा ठिक अगाडीको घटना सम्म पनि याद छैन । केहि समय दिमागलाई बिश्राम दिने बिचारले कोठाको वरीपरि नजर दौडाउन थाल्छु ।

म सुतिरहेको कोठाको मेरो दाहिने तर्फ आकर्षक कलात्मक ठिक्कको आकारको टि टेबुल र सोहि टेबुलको तिन तर्फ राखीएका अनौठो डिजाईनमा ३ थान आरामदायि कुर्सिहरु अनि मेरो देब्रे तर्फ काठकै मुगल शैलीमा बनाईएको दराज र सानो ढोका अनि बेड संगै जोडिएर रहेको डोम लाईट राखीएको सुन्दर र्याक। शायद मेरो टाउको पट्टी अर्को तथा कोठा भित्र छिर्ने मुल ढोका हुनु पर्दछ ।

जती सुकै भब्य र आधुनिक कोठामा सारा बिलासी सामानका साथ आरामसंग सुतीरहेतापनि आफ्नो शरीर र टाउकोको पिडा अनि मानसिक रुपले अलमल्लमा परेको अवस्थाले म आफैं चकित परिरहेको थिएं । मेरो मनमा बारम्बार एउटै प्रश्न दोहोरीरहेको थियो, म कहां छु र कसरी आईपुगें यहां । मेरो अगाडी रहेको सोकेशको माथी पट्टीको भित्तामा २० डीग्रीको तापक्रममा एसी चलीरहेतापनि मलाई कता कता चिट चिट पसिना आउन खोजे जस्तो मात्र के लागेको थियो अचानक कोठाको देब्रे पट्टी रहेको सानो ढोका खोलेको खट्क्कको आवाज सुनियो ।

कोहि अर्को पनि व्यक्ती म सुतेको कोठामा होला भन्ने नसोचेको मलाई अर्को व्यक्ती पनि भएको थाहा पाएर झसंङ्ग भएं म । सानोे ढोकाबाट एउटा ठुलो सेतो तौलियाले आफ्नो शरीर बेरेर अर्को सानो तौलीयाले भिजेको लामो कालो कपाल पुछ्दै गरेकी युवती निस्कीदै गरेको देखें ।

उनलाई देख्नासाथ सात्तो गयो मेरो । सैयौं सर्पले एकैपटक टोक्दाको अवस्थामा जस्तै सारा शरीरमा कम्पन शुरु भयो । उनि अरु कोहि नभएर मलाई बेला बखत फोन मार्फत तर्साइरहने मेरो शान्त बन्न खोजेको मनलाई झिंझोलीरहने उनै युवति थिईन् ।

म त्यहांबाट जुरुक्क उठेर भाग्न खोजें तर आफैंले ओडेको व्ल्याङकेटमा अल्झेर बेडबाट तल बजारीन पुगें । उनि हत्तनपत्त हाम्फाल्दै मलाई समाउन आईपुगिन् । उनी म भए ठाउं आईपुगेर झुकेर मेरो हात समाएर मलाई उठाउने प्रयत्न गर्न थालिन् । म नचाहि नचाहि उनको हातको साहारामा उठें ।

मलाई उठाउने क्रममा मेरो हातमा अड्कीएर उनले शरीरमा बेरेको ठुलो टावल उनको जिउबाट फुस्कीएर तल झर्यो। शरीरको तल्लो भागको मात्रै सानो एउटा भित्री वस्त्र उनको शरीरमा बांकि रह्यो । ओह्हो मेरो सामुन्ने एउटि बैंसालु युवतीको सपाट संगमरमरको बेदाग प्रतिमा झैं, सफा गोहे र चम्कीलो झण्डै पुर्ण नग्न शरीर । जसबाट यौवनको मग्मगाउंदो मोहनी लगाउने सुवास बहीरहेको थियो । उनको शरीरका हरेक अंगहरु बढो आकर्षक र कोमल प्रतित हुन्थे अनि ति यसरी मिलेर बनेका थिए की उनलाई देखेर भाग्न खोजेको ममा पुरुषत्वको नशा रक्त संचार बढेर अचानक तन्कन थाल्यो । शायद ध्यानमा लिन भएका ऋषी मुनीहरुमा पनि यसै गरी कामोत्तेजना जाग्दो हुंदो हो । अप्सराहरुको यौवनमा उनिहरु पनि यसैगरी पग्लेका हौलान् ।

म उनलाई हेरेको हेर्यै भएं । मेरो नजर उनको शरीरमा एकटकले परिरहेको देखेर उनि हल्का केहि लजाएको वा डराएको जस्तै गरी तौलीया टिपेर आफ्नो शरीर ढाक्न खोज्दै तुरुन्तै सम्हालिएर भनिन् “के कहिल्यै नदेखेको जसरी हेर्दैछौ ?”
म मौन बसें केही बोल्न सकिंन र शान्त बन्ने कोशिस गर्दै बेडमा थचक्क बसें ।

“के भयो, किन भाग्न खोजेको तिमि मलाई देखेर, म संग डर लाग्छ तिमिलाई ?” उनि आरामले आफ्नो कपाल सानो टावलले मुसार्दै मलाई हेर्दै कुनामा रहेको कुर्सिमा बसी कुर्साको अगाडीको टी टेबुलमा दुबै खुट्टा राखेर हल्लाउन थालिन् ।
म चुपचाप बेडमै बसेर ट्वाल्ल परेर उसलाई हेरीरहें । उ मुसुमुसु हांदै भन्दैथिई “तिम्रो सात्तो अघिनै उडेको हो मलाई बाहिर देख्दैमा, तिमि बेहोस भयौ मलाई देखेर” हाहाहा हांस्दै गिज्याउंदै भन्दै थिईन् “मैले तिमिलाई उठाएर मेरो कोठामा ल्याएको बल्ल होश आएछ तिमिलाई ।”

मैले बल्ल बुझ्दै थिएं म कसरी अर्को कोठामा आईपुगेछु भनेर । एउटी युवती जो मलाई जिस्काउंदै छे र म उ संग भयभित भएर उसको अगाडी भिजेको मुसो सरी बसेको छु ।

उ बिल्कुल निश्चीत देखीन्छे, निर्भिक अनि पुर्ण आत्मविश्वासका साथ म संग आदेशात्मक शैलीमा बोल्दैछे । “हेर, तिमिले मलाई सार्है दुख दियौ, भनेको बेलामा मेरो साथ दिएनौ” कुरा गर्दै कुर्सीबाट उठेर बेडसंगै रहेको डोम लाईट रहेको र्याक खोलेर चुरोटको बट्टा र लाईटर झिकिन् “मलाई तिमिले मायां गरेनौ मेरो वास्ता गरेनौ भन्दीन म तर मलाई बुझ्न सकेनौ तिमिले । न मलाई स्वतन्त्रता दिन सक्यौ न त चाहनाको पर्वाह नै गर्यौ कहिल्यै” । फेरी उहि कुर्सिमा बसी दुबै खुट्टा उसैगरी टी टेबुलमा राखेर चुरोट सल्काईन ।

दुई चार सर्को चुरोट मस्तले तान्दै म पट्टि धुवां छोड्दै भन्दै थिइन् “मैले कहिल्यै बुझ्न सकिन् मैले तिमिलाई छोडें कि तिमिले मलाई छोड्यौ तर मलाई थाहा छ म तिमि बिना खुसीका साथ बांच्न सक्छु तर तिमि म बिना खुसी रहन कदापि सक्दैनौ ।”

मलाई उसको कुराले बिल्कुल असर गरीरहेको छैन, मैले उसको कुरामा ध्यान पनि दिएको छैन । म त मात्र मेरो अघिल्तीर उसको उपस्थीतीले स्तब्ध भएको थिएं ।

अचानक कोठाको ढोका कसैले ढक्ढकायो । “मैले चुरोट खान छोडीसकें नि बुझ्यौ, यो त तिमिले सल्काउन लागेको चुरोट हो जो तिमि बेहोस हुंदा बार्दलिमै छुटेको थियो देखेपछि खान मन लागेको मात्रै हो” । उठेर ढोका खोल्न जांदै गर्दा मुखभरी चुरोटको धुवां लिएर मेरो अनुहारभरी फुकेर हांस्दै ढोका खोल्न लागीन् ।

होटलको बेटरले खाना लिएर आएको रहेछ । होटलको स्टाफ कोठा भित्र छिरेपछि मलाई फेरी यो होटलमा मैले लिएको मेरो कोठा यो कोठाकै अघिल्तीरको हो भन्ने सम्झना भयो । म उठेर मेरो कोठा तर्फ जानै लागेको के थिएं उनले चोर औंला देखाई आदेश गर्दै मेरो लागी पनि खाना अर्डर भएकोले खाना खान भन्दै खाना टि टेबुलमा राख्न वेटरलाई अर्याई बाथरुम छिरीन् ।

खै किन म आफैंलाई थाहा छैन तर पनि म विवश थिएं उसको सामुन्ने लाचार थिएं । वेटर खाना राखेर गयो म भने बसें फेरी थपक्क उहि बेडकै छेउमा ।

मेरो कपडाको गोजी छामछुम पारें मेरो मोबाईल कता छ भनि तर भेटीन् । उठेर उहि डोम लाईट रहेको र्याक खोलेर हेरें उसले त्यहिं राखी दिएकी रहिछिन मेरो मोबाईल मेरो कोठाको सांचो मेरो गाडीको सांचो मेरो पर्स लगायतका सबै सामानहरु । हत्तनपत्त उनि बाथरुम गएको मौका पारी सबै सामान गोजीमा हाली हालें ।

एकैछिनमा उनि बाथरुमबाट बाहिर निस्कीन । उनलाई देख्नासाथै मेरो पुरुषत्व पुन जुर्मुराउन खोज्यो । कल्कलाउंदो छुंदैमा दाग लाग्दो उज्यालो पुष्ट देहमा उनले लगाएको छोटो र माथील्लो भाग पनि खुल्ला भएको झण्डै पुर्ण पारदर्शि रातो रंगको बुट्टे गाउन जसमा उनले शरीरको माथिल्लो भागको भित्री बस्त्र अझै लगाएकी छैनन र तल्लो भित्री बस्त्र पनि रातो रंगकै लगाकी छिन भनेर प्रष्टै देखीन्थ्यो ।

उनि मेरो अगाडी आईन र मेरो हात समाएर मलाई खाना राखीएको टि टेबुल संगै रहेको कुर्सिमा बसाईन अनि अर्को कुर्सि तानेर मेरो कुर्सि संगै जोडेर बसिन् ।

पनिर, आलु मटरको तरकारी, साग, दाल फ्राई, भात र केहि रोटीहरुको सुवास नाकैमा ठोकिएर भोग जागृत गर्न खोज्दै गरेको भएतापनि झण्डै म संग जोडीएर बसेकी उसको शरीरको सुवासले बढी ध्यान आकृष्ट गर्न खोज्दै थियो तर मेरो मन भने कत्तीबेला यो कोठाबाट भागेर निस्कुं जस्तो भईरहेको थियो । अब मलाई यो कोठा मात्रै होईन् होटलै छोडेर हिंड्नु पर्छ भन्ने सोच आईरहेतापनि म उ संग प्रतिकार गरेर निस्कीन सक्नेवाला भने थिईनं ।

उनी हामि दुबैको लागी खाना सर्भ गर्न थालिन् ।

“मलाई भोक लागेको छैन तिमि खाउ” बल्ल मसिनो स्वरमा आवाज निस्केको थियो मेरो ।

“काठमाण्डौंमै बस्ने मान्छे भएर पनि के खान होटलमा आएको त तिमि त्यत्तीबेला ?” कुटिल मुस्कान छोड्दै “की र्गलफेण्ड भेटन् आयौ हं ? खुरुक्क खाउ ।” आंखा तर्दै कडा शैलीमा हप्काउंदै खाना सर्भ गरीसकेर उनी पानि पिउन थालिन् ।
मेरो आंखा केहि रसाउन थाल्यो । “नाटक गर्नु पर्दैन तिमि खाना खाउ” भन्दै उनि खाना खान थालिन् ।

म खाना चलाउंदै बिस्तारै खानाको चम्चा आफुंतिर बढाउंदै थिए उनले पानिको ग्लास तान्न खोज्दा उनको हात मेरो हातमा ठोकीएर खाना पोखीयो उनको तिघ्रामा ।

“गोरु, बुद्धि छैन है, हेर्नु पर्दैन ?” भन्दै मलाई हकार्दै टेबुलमै रहेको टिस्यु पेपरले पोखीएको खाना सफा गर्न थादिन आफ्नो तिघ्राको । वाफ रे, म संगै बसेर उनले सफा गर्दा उनको पारदर्शि छोटो गाउन सरेर माथी आएको थियो । चिल्लो सफा कोमल शरीर । म फेरी केहि समय आफ्नो शरीरमा प्रवाह भएको तरंगमै अल्झीरहें ।

“के भयो अब किन नखाएको फेरी, बच्चा हो र पटक पटक भनिरहन । छिटो खाउ भन्दैछु ।” अर्को खप्कीले मेरो ध्यान भंग गर्यो र मन नलागी नलागी चुपचाप खाना खान सुरु गरें जवरजस्ती । बढो सकसपुर्ण अवस्थामा खाना खाई वरी बाथरुम गएर केहि फ्रेस भएपछि मैले “अब म जान्छु” भनें ।

“को छ र घरमा किन जानु पर्यो यति राती ११ बजे घर तिमिलाई । यहिं सुत आज, जता गए पनि भोली जानु” भन्दै खाना सकेर उनि बाथरुम छिरिन् । म अलमल्लमा परें उनले थाहा पाएकी रहीनछिन् मैले यहि होटलमा यहि कोठाको सामुन्नेको अर्को कोठा लिएर बसेको कुरा तर म कसरी सुतौं त उनि सगं अब । बढो मुस्कील पर्यो मलाई ।

“होईन, जती बजेपनि केहि फरक पर्दैन म जान्छु घर” भनि अलि जोडले भनेर ढोका तर्फ लम्केर ढोका खोल्न मात्र के खोजेको थिएं “के रे, मैले पर्दैन भनेको सुनेनौ । आज यहिं बस होइन भने ठिक हुंदैन होस गर ।” गाली गलौजको आवाज बाथरुम भित्रबाट आयो ।

“तिमि धेरै उड्न नखोज है मेरो अगाडी, चुपचाप सुत” दांत माझ्दै भन्दै थिईन् उनि । म जहांको तहीं अडिएं । जेलको कैदी जस्तो भान भयो आफैलाई । रिंगटा लागेको जस्तो लाग्यो यत्तिकैमा उनि बाथरुमबाट बाहिरीन् म बेडमै रहेको अघिको चुरोटको प्याकेट र लाईटर बोकेर बाथरुम छिरें ।

फेरी उनको आवाज सुनियो “म सुतें है, बेडमा आएर सुत्नु छेउमा भाग्ने कोशिस गर्ने होइन ।” म टाउको समाउंदै बाथरुमको कमोडमा बसें । चुरोट सल्काएर आंखा चिम्म गर्दै धुवां तान्न थालें कसेर । “बाथरुममै निदायौ, आउ भनेको होइन ?” उनको ठुलो आवाजले झसंग बनायो मलाई म त कमोडमै बसी उध्न पो थालिसकेको रहेछु ।

म डरपोक नै हो त ? किन मेरो हौषला मेरो आत्मविश्वास र मेरो आवाज बिलाएर जान्छ उनको अघिल्तीर जहिल्यै ? किन म करेंट लगाएको जसरी कांप्न थाल्छु उनको अघिल्तीर ? उनले भने अनुसार गरींन भने उनले हो हल्ला गाली गलौज गरेर बबाल गर्ने पक्का थियो । यति राती किन अरुलाई डिस्टर्ब गर्नु जे भए पनि जसो तसो सुतौंला । भोली बिहानै उठेर टाप कस्छु भनेर मुख धोई बाथरुमबाट निस्कें ।

उनि व्ल्याङकेट ओडेर मोबाईल खेलाउंदै रहिछिन् । म कोठाको बत्ती निभाएर बेडको छेउमा गएर डोम लाईट रहेको र्याकमा चुरोटको बट्टा राखेर लुगा पनि नफेरी खल्तीका अन्य सामाग्रीहरु केहि नझिकी यत्तिकै पल्टें ।

केहि समय पश्चात उनि निदाईन भनेर अलि आरामका साथ निदाउने कोशिस गर्न लाग्दा उनको शरीरले म पट्टी कोल्टे फेर्यो अनि मेरो शरीरमा नरम तातो उनको नग्न शरीरको स्पर्श महसुस भयो । मलाई धेरै आईरनले एकै पटक डामेको जस्तो लाग्यो । म काप्न थालें ।

म संगै टांसिएको मेरो छेउको अर्को शरीर चल्मलीएर मेरो निद्रा खुल्यो । कोठामा पर्दाको होडबाट बिहानीको किरणले चियाउंदै थियो । उनि म संगै लपक्कै टांसिएर मलाई कसेर अंगालेर सुतेकी थिईन् । ब्ल्याङकेट एक छेउमा मात्रै ओडीएको र उनको नाईट गाउन समेत सोहोरीएर उनको छातिसम्म आईपुग्दा उनको उज्यालो शरीर बिहानीको किरणमा नुहाएको जस्तो बढो तेजीत देखीन्थ्यो ।

उनलाई हटाएर चुरोट बोकी बाथरुम छिरें फ्रेस भएर बाहिर निस्कदां उनि बल्ल उठेर जिउ तान्दै थिईन् । “केहि बिग्रीयो त तिम्रो म संग सुत्दा, किन यत्तिकै डराउंछौं ?” उनि लुगा मिलाउंदै भन्दै थिईन् । “त्यस्तो केहि होईन्, मलाई घर जानु भएकोले मात्रै हो । अहिले घर गएर अफीस जानु छ, ढिला हुन्छ म जान्छु ।” अप्रत्यक्ष रुपमा म उनिसंग अनुमती माग्दै थिएं ।

“हुन्छ अहिलेलाई जाउ तर मेरो धेरै कुरा गर्नु छ तिमि संग, भरे भोली तिर बोलाउंछु तिमिलाई, बोलाउनासाथ आउनु, नाटक नगर्नु । गाउंबाट हिजो नै आएको हो म, केहि कामहरु छन् यहां मेरो त्यसैले म २- ४ दिन यहिं रहन्छु ।” केहि नरम हुंदै मोबाईल खेलाउंदै भन्दै थिइन् ।

उनले भनेको अरु कुरा भन्दा पनि “हुन्छ अहिले जाउ” को शब्दले दंग पारेको थियो मलाई त्यसैले “हस” भन्दै कठीन हिरासतबाट रिहा भएको ठानि हतार हतार त्यहांबाट निस्कें ।

अर्को भाग अर्को शनिबार…