प्रियंकाको घाँटीमा ‘आयंका’ ट्याटु

नायिका प्रियंका कार्की फेसन कन्सियस छिन् । फेसन ट्रेन्ड अनुसार परिवर्तित हुन खप्पिस छिन् उनी । पछिल्लो समय आफ्नो शरीरमा विभिन्न आकृति र शब्दहरु लेखेर ट्याटु खोप्ने प्रचलन बढेको छ । यसबाट नायिका प्रियंका कार्की पनि अछुतो छैनन् । उनले यसअघि नै आफ्नो शरीरको पछिल्लो भागमा एक ट्याटु खोपिसकेकी छिन् ।

हाल अमेरिकामा रहेकी उनले आफ्नो घाँटीमा ‘आयंका’ लेखेर ट्याटु खोपेकी छन् । केही समय अगाडी मात्र नायक आयुष्मान देश राज जोशीसँग इन्गेजमेन्ट गरेकी उनले आफ्नो सन्तानको नाम ‘आयंका’ राख्ने निधो समेत गरिसकेकी छिन् । आयुष्मानको नामबाट ‘आ’ र आफ्नो नाम प्रियंका बाट ‘यंका’ जोडेर उनले ‘आयंका’ ट्याटु खोपेकी हुन् ।