आशाको न्यानो काख (भिडियो)

गायक दिपक खड्का र गायिका टिका पुनको आवाज रहेको लोकदोहोरी ‘तिम्रो न्यानो काख’ को भिडियो सार्वजनिक भएको छ । सम्वन्ध तोडिएको अवस्थामा प्रेमी तथा प्रेमीकाको मनमा हुने वियोगान्त पिडामा गीतका भावहरु रहेका छन । गीतमा दिपक खड्काको शब्द तथा लय सिर्जना रहेको छ ।

मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोमा अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा आशा खड्का र तिलक राम खत्रीको अभिनय रहेको छ ।