‘भारत’ छोडेर ‘द स्काई इज पिंक’ मा प्रियंका चोपडा

प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेको त सबैलाई जानकारी छदै छ । खबर अनुसार, प्रियंकाले आफ्ना ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको कुरा भैरहेको कारण ‘भारत’ बाट हात झिकेकी हुन् । तर, भारत छोडे पश्चात प्रियंकाले फरहान अख्तर स्टारर फिल्म ‘द स्काई इज पिंक’ साइन गरेकी छन् जसको छायांकन ८ अगस्टबाट हुँदैछ ।
प्रियंकाले अली अब्बास जफरको फिल्म छाड्नुको पछाडि विवाह मुख्य कारण होइन् । उनले फिल्ममा आफ्नो भूमिकालाई हेर्दै यो निर्णय लिएको हुनसक्ने बताइएको छ । किनकी, सलमानको फिल्ममा उनको भूमिका खासै लामो छैन् । शोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ मा भने उनी लिड रोलमा छिन् । प्रियंकाले सलमानको फिल्म छाड्नुको कारण निकसँगको विवाह बताइएपनि वास्तविक कारण अझै खुल्न सकेको छैन । यदी विवाहकै लागि फिल्म छाडेको भए दोस्रो फिल्म किन साइन गर्थिन होला र ?

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया