सुजाताको मृगनयनी आँखा (भिडियो)

- मेराेफिल्म

साउनको १८ बाट रिलिज हुने फिल्म ‘झमकबहादुर’ को गीत ‘मृग नयनी तिम्रो आँखामा’ को भिडियो रिलिज भएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापालाई फिचरिङ गरिएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर,  तीर्थ दामलीको शब्द छ । भिडियोमा जीवन थापाको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी,  मिन कुमार तामाङ,  सुजाता थापा,  कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको भूमिका रहेको छ । पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन, राजु किरातको एक्सन रहेको यो फिल्मका निर्माता मिन कुमार तामाङ हुन् । भोमन कटुवालले फिल्म निर्देशन गरेका हुन् ।

२०७५ साउन १३ गते १५:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *