बर्षाका लागि प्रशान्त र अनुपको घमासान युद्ध

- मेराेफिल्म

एक्सनले भरिपूर्ण फिल्म ‘जय शम्भु’को ट्रेलर सर्वजनिक भएको छ । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप बिक्रम शाहीले नायिका बर्षा सिवाकोटीलाई आफ्नो बनाउनका लागी गरेको घमासान युद्धको वरिपरी फिल्मको कथा घुमेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

दिनेश शाहीले निर्माण गरेको यस फिल्ममा रुपेश तामाङको निर्देशन रहेको छ भने छायाँकन हरि घले लामाले गरेका हुन । समिर बलामी कास्टिङ डाइरेक्टर रहेको फिल्ममा कार्यकारी निर्माता अरबिन्द्रमान शाक्य रहेका छन् । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन र करुणा पाण्डेको अभिनय रहेको छ । टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिक्षा काफ्लेको कथा र श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा बनिश शाहको सम्पादन रहेको छ । फिल्म भदौ १ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

२०७५ साउन १३ गते १९:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *