बदनामीको मूल्य ऐयासीको भन्दा महँगो हुन्छ !

तीन जना युवकहरुले आफ्नो भर्जिनिटी तोड्न गरेको दौडको वरिपरी रुमल्लिएको कथा हो फिल्म सेक्स साइकोलोजीमा बनेको फिल्म ‘मिस्टर भर्जिन’ । भाद्र १ गते देखि अल नेपाल प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा देखाइए अनुसार फिल्मका मुख्य तीन कलाकार गौरव पहारी, विजय बराल र कमलमणि नेपाल ‘मिस्टर भर्जिन’को रुपमा प्रस्तुत भएका छन् भने फिल्मकी नायिका मरिश्का पोख्रेल यौन धन्दामा लागेकी युवतीको रुपमा प्रस्तुत भएकी छिन् । फिल्ममा उनीहरुसँगै भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया