माइतीको आँगन छोडेपछी कसैले गरेनन् मन्जुको ख्याल !

गायिका मन्जु पौडेलको दुखेसो छ । बिहे गरेर माइती घर छोडेपछि आफ्नो ख्याल कसैले गरेनन् भनेर । उनको यो गुनासो वास्तविक जीवनको नभई उनको पछिल्लो समय सार्वजनिक भएको तीज गीतमा हो । ‘माइतीको आँगन’ बोलको उक्त तीज गीतमा दिग्गज देउरालीले यस्तै शब्द कोरेका छन् । सार्वजनिक गीतमा गायिका पौडेल आफैँ र चर्चित कार्यक्रम संचालिका अनुषा पौडेलले अभिनय गरेका छन् । भिडीयोमा मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

हरेक साल तीजको अवसर पारेर आफ्ना तीजका कोसेली दर्शक श्रोतामा ल्याउँदै आएकी पौडेलको स्वरमा यस पटक पनि विभिन्न गीतहरु सार्वजनिक भैसकेका छन् । केही हप्ता अगाडी मन्जु कै स्वर रहेको ‘छम्म छम्म’ बोलको तीज गीत सार्वजनिक भएको थियो । कुसल कार्यक्रम संचालिकाको रुपमा चर्चित पौडेल गीत संगीतको क्षेत्रमा पनि निकै सकृय छिन् ।